मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

कपिलवस्तुको वाणगंगामा श्रीमान-श्रीमती मृत फेला

दैनिक नेपाल २०८१ वैशाख १९ गते १३:३७

कपिलवस्तु, १९ बैशाख । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला पर्नुभएको छ । बुधबार बिहान साढे ८ बजेतिर उहाँहरू मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।

६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो भने श्रीमती खाटमा फेला पर्नुभएको छ । घटना हुँदा घरमा कोही नभएको बताइएको छ ।

प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित