सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

एलन मस्क बेइजिङमा

दैनिक नेपाल २०८१ वैशाख १६ गते १९:३५

काठमाडौं, १६ वैशाख । अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा हुनुहुन्छ । रिपोर्टका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयोगको लागि उपलब्ध गराउन मनाउन प्रयास गर्नुहुनेछ ।

मस्कको इलेक्ट्रिक कार निर्माता टेस्लाले चीनमा स्थानीय रूपमा ड्राइभिङ डाटा संकलन गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्ला यो डाटा विश्वव्यापी रूपमा उपलब्ध गराउन चाहन्छ र यसलाई आफ्नो स्वायत्त कारहरूको एल्गोरिदम तालिम दिन प्रयोग गर्न सक्छ ।

विश्लेषकहरूका अनुसार चीनमा ड्राइभिङको जटिल अवस्थाले स्वायत्त सवारी साधनहरूको एल्गोरिदमलाई प्रशिक्षण दिन महत्त्वपूर्ण सावित हुनसक्छ । तर मस्कले चीनबाट यस्तो डाटा माग्नुभएको छ जब अमेरिकाको सरकारले टिकटकको मूल कम्पनी बाइटडान्सलाई टिकटक बेच्न दबाब दिइरहेको छ ।

अमेरिकी सरकारले टिकटकमार्फत अमेरिकी जनताको व्यक्तिगत जानकारी चीनले प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेको छ । विश्वको सबैभन्दा ठूलो कार उत्पादन गर्ने कम्पनी टेस्लाले अहिले प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

रिपोर्टका अनुसार टेस्लाले आफ्ना कुल कर्मचारीलाई १० प्रतिशतले घटाउने भएको छ । यसको एउटा कारण सवारी साधनको बिक्री कम हुनु पनि मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित