१ श्रावण २०८३, शुक्रबार

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ।

दूतावासले भनेको छ, ‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन । एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ,’ ।