शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

अमेरिका उडे उपप्रधानमन्त्री उपेन्द्र यादव

दैनिक नेपाल २०८१ वैशाख १६ गते ९:४३

काठमाडौं, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गर्नुभएको हो ।

मन्त्री यादव मे ७ तारिख स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित