२६ असार २०८३, शुक्रबार

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिँदै दुःख व्यक्त गर्नुभएको छ ।

शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएको प्रधानमन्त्री मानेटले सामाजिक सञ्जालमा बताउनुभएको छ ।

घाइते सैनिकको अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभएको छ । विष्फोट कारण खुल्न नसकेको बताइएको छ । प्रधानमन्त्री मनेतले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।