शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

कर्तव्य ज्यान मुद्दाका ५ महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

दैनिक नेपाल २०८१ वैशाख १५ गते १९:५५

प्युठान, १५ वैशाख । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली छन् ।

सरूमारानी गाउँपालिका–४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले छोरा जन्माएकी थिइन । अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै उनलाई २०६३ असोज ९ गते हुमीकुमारीदेवी सारू, दिलिसरादेवी सोमै र हिमीकुमारी राना समेतले कुटपिट गरेका थिए । गम्भीर घाइते हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि अभियुक्तहरु फरार सूचीमा थिए । जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अभियुक्तमध्ये हिमीकुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत प्युठानमा उपस्थित गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित