३० असार २०८३, मंगलबार

देशको राष्ट्रिय मुद्दाहरुको सम्बोधन एमाले बाहेक कुनै शक्तिले गर्न सक्दैन : मन्त्री भण्डारी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । एमाले नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकका राष्ट्रिय मुद्दाहरुको सम्बोधन एमाले बाहेक कुनै शक्तिले गर्न नसक्ने दाबी गर्नुभएको छ ।

एमाले बैतडी–काठमाडौं सम्पर्क मञ्चको नवौं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकताहरुलाई बोध गरेर एमाले सत्ता सञ्चालन गर्नुपर्ने महत्वपूर्ण ठाउँमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेलाई घेराबन्दी गर्दागर्दै गरेको सफलताले नै राष्ट्रिय मुद्दालाई सम्बोधन गरे जनमत प्राप्त गर्न गाह्रो नरहेको कुरा स्पष्ट पारिसकेको छ । राष्ट्रिय मुद्दाका सम्बन्धमा नेकपा एमालेबाहेक अरु शक्तिले गर्दैन भन्ने कुरा वर्तमान राजनीतिक घटनाक्रमहरुले देखाइसकेको छ । राष्ट्रिय आवश्यकताहरुलाई बोध गरेर नेकपा एमाले आज राष्ट्रिय राजनीतिमा सत्ता सञ्चालन गर्नुपर्ने महत्वपूर्ण ठाउँमा पुगेको छ । यद्यपि हामीले बहुमत प्राप्त गर्न सकेनौँ । बहुमत प्राप्त नगरीकन हामी निर्णायक भूमिकामा पुग्न सक्दैनौँ । तर, आज नेकपा उमालेको नीति, नेतृत्व र विचारले मात्र राष्ट्रले सही बाटो, सहि गन्तव्य प्राप्त गर्न सक्ने भन्ने कुरा पुष्टि भएको छ ।’

सबै तहका नेता र कार्यकर्ताहरुले पार्टीको नेतृत्व र सिद्धान्तलाई स्थापित गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

पार्टीको नीति र सिद्धान्त अनुरुप काम गर्न सकिएमात्र मिसन ०८४ सफल हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले हाम्रो पार्टी, नेतृत्व र सिद्धान्तलाई स्थापित गर्नुपर्ने आजको आवश्यकता छ । हामीले परिवर्तनका लागि थुप्रै संघर्षहरु गर्‍यौँ । तर, परिवर्तनको लक्ष्य हासिल गर्नका लागि अहिलेको हाम्रो कार्यभार र भूमिका निर्वाह गर्न चुकिरहेका छौँ । पार्टी कमिटीलाइै अझै चलायमान, सिर्जनशील बनाउन, विस्तार गर्न भूगोलका नेताहरुको भूमिका महत्वपूर्ण रहनेछ । हामीले पार्टीको नीति र विचारमा स्पष्ट हुन जरुरी छ । त्यो नीति र सिद्धान्त अनुसार काम गर्न सक्यौं भने हाम्रो मिसन ०८४ पुरा हुनेछ ।’

गत स्थानीय तह एवं प्रतिनिधि सभाको निर्वाचनमा निर्णयक मत ल्याउन नसकिएको बारे पार्टीले पटक पटक समिक्षा गरेको उल्लेख गर्दै उहाँले अब पार्टीको संगठन विस्तार र आउँदो निर्वाचनमा बहुमत प्राप्त गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।