बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

बेलायती राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

दैनिक नेपाल २०८१ वैशाख १५ गते १०:४२

काठमाडौं, १५ वैशाख । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा हुनुहुन्छ ।

यस वर्षको सुरुमा उहाँलाई क्यान्सर भएको पत्ता लागेपछि उहाँको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका छन् । बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ ।

७५ वर्षीय राजा चार्ल्स आफ्नी पत्नी रानी क्यामिलासँग अर्को मंगलबार लन्डनमा क्यान्सर उपचार केन्द्र जानुहुनेछ । राजा चार्ल्स क्यान्सरको उपचार र निको भएर छिट्टै सार्वजनिक जिम्मेवारीमा फर्किने समेत उल्लेख गरिएको छ ।

‘राजा र रानीले अर्को मंगलबार क्यान्सर उपचार केन्द्रको भ्रमण गर्नेछन्, जहाँ उनीहरूले चिकित्सा विशेषज्ञ र बिरामीहरूलाई भेट्नेछन् ।’ विज्ञप्तिमा भनिएको छ ।

यो यात्रा राजाले आउने हप्ताहरूमा गर्ने धेरै बाहिरी गतिविधिहरू मध्ये पहिलो हुनेछ । बकिंघम प्यालेसले राजाको मेडिकल टोली अहिलेसम्म भएको प्रगतिबाट धेरै खुसी छ र उहाँको निरन्तर रिकभरीको बारेमा टोली सकारात्मक रहेको बताएको छ ।

बकिंघम प्यालेसका प्रवक्ताले राजा चार्ल्सको उपचार जारी रहने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित