बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

औषधि व्यवसायीलाई साथ दिन मन्त्रालय सधै तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

दैनिक नेपाल २०८१ वैशाख १५ गते ९:११

हेटौंडा, १५ वैशाख । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधि व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग अत्तिन नपर्ने बताउनुभएको छ । उहाँले व्यवसायीलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताउनुभयो ।

शुक्रबार हेटौंडामा भएको नेपाल औषधि व्यवसायी संघको तेस्रो वार्षिक साधरणसभा तथा दास्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशमा भएका सबै औषधि व्यवसायीसँगै उत्पादन गर्नेदेखि आयात र निर्यात गर्नेहरुलाई समेत एक बनाएर अगाडि बढ्न सुझाउनुभएका उहाँले औषधि व्यवसायलाई थप व्यवस्थित ढंगबाट अगाडि बढाएर आर्थिक अनुशासन देखिने गरी कार्य गनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकार व्यवसायीमैत्री हुने बताउनुभयो ।

‘औषधिको गुणस्तरमा ध्यान दिनु सरकारी पक्षको मात्र काम होइन । यसमा निजी संस्थाका व्यवयासी साथीले पनि आफ्नो दायित्व पूरा गर्न सक्रिय रुपमा लाग्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’ मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले थप्नुभयो, ‘औषधि व्यवसायीलाई बलियो बनाउन बागमती प्रदेश मन्त्रालय सधै तत्पर रहन्छ ।’

सबै औषधि व्यवसाय नाफामुलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धीकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाउँदै नँया नेतृत्व लिएर आउनेले औषधि व्यवसायीको हितको लागी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित