१ श्रावण २०८३, शुक्रबार

स्पेनका प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजीनामा दिने प्रधानमन्त्रीको संकेत

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गर्नुभएको छ । उहाँले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको वातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गर्नुभएको छ ।

त्यसअघि आफ्ना सबै सरकारी काम रोकेको उहाँको भनाइ छ । भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध न्यायिक छानविन सुरु भइसकेको छ ।

त्यसो त प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथि लगाइएको आरोप गलत भएको समेत दाबी गर्नुभएको छ । ‘यो आरोप गलत हो । तर यस्तो आरोप लागिसकेपछि मैले जिम्मेवारीमा रहिरहन मिल्दैन,’ उहाँले टिप्पणी गर्नुभएको छ, ‘मैले केही समय कामहरु रोकेर सोच्नुपर्छ, मैले सरकारको नेतृत्व गरिरहने वा यसलाई सम्मानपूर्णरुपमा त्याग्ने भन्ने प्रश्नको जवाफ तत्काल खोज्नुपर्छ ।’

प्रधानमन्त्री पत्नी गोमेजविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपबारे भने केही खुलाइएको छैन् ।