सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

लुम्बिनीमा विनाविभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

दैनिक नेपाल २०८१ वैशाख १२ गते १९:३५

बुटवल, १२ वैशाख । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले बुधबार गठबन्धन दलहरुसँग छलफल गरेपछि विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिनुभएको हो ।

प्रदेशमा गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नपुगेपछि १० मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ ।

लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालले भने दुई मन्त्रालय मागेकोमा एक मात्र दिएको भन्दै सरकार छोडेको छ । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री बन्नुभएका भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ ।

त्यस्तै, एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसक्नुभएको छ ।

मुख्यमन्त्री महराले एमालेका भुमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार, अर्जुन केसीलाई वन तथा वातावरण र रत्न खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

त्यस्तै, नाउपाका धर्म बहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन उद्योग तथा सहकारी र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

साथै मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित