१४ असार २०८३, आइतबार

कृषि क्षेत्रमा नयाँ मोडलबाट काम गर्न आवश्यक : कृषिमन्त्री साह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । कृषि तथा पशुपंछी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘सबै प्रकारका कृषकहरुलाई कृषि मिटर जडान गरी सहुलियत विद्युत महशुल सुविधा उपलब्ध गराउने सम्बन्धी समितिको मिति २०८० असोज २४ को निर्णय कार्यान्वयन’का विषयमा भएको छलफलमा उहाँले कृषिमा पुरानै तरिकाको कर्मकाण्डीलाई छोडेर अर्थतन्त्र, राज्य र जनता पनि मजबुद हुने गरी नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘कृषिमा हामी पुरानै कर्मकाण्डी जस्तो पनि होइन् । हामीले पुरानै यथास्थितिमा भन्दा पनि एउटा नयाँ मोडलमा हामीले काम गर्नुपर्छ । ताकि एउटा अर्थतन्त्र पनि मजबुद होस् , राज्य पनि मजबुद होस् र आम जनतामा एउटा खुसीयाली होस् भन्ने खालको कार्यक्रम हामीले लानुपर्छ । अजुगमनको खाँचो छ । अनुगमन नगरी अब सुख छैन् ।’

उहाँले सरकारले चैते धानलाई पनि बढवा दिने काममा जुटिरहेको पनि जानकारी दिनुभयो । नेपाललाई चामलमा आत्मानिर्भर बनाउनको लागि चैते धानलाई बढवा दिने काममा यस वर्षदेखि नै लागि परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चैते धानलाई पनि बढवा दिने काम गरिरहेका छौँ । हामी चैते धानमा आत्मानिर्भर हुने गरी र चामलमा कम्तीमा नेपाल आत्मानिर्भर भयो भन्ने खालको सन्देश दिनको लागि हामी यस वर्ष देखि नै केही न केही सुरु गराउँदै छौँ ।’

कृषि मन्त्रालय अगाडि बढ्यो भने मात्र देश अगाडि बढ्ने उहाँको भनाइ छ ।