सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

एलन मस्कको टेस्लाले थप २६ सय कर्मचारी हटाउने

दैनिक नेपाल २०८१ वैशाख १२ गते ९:५७

टेक्सास, १२ वैशाख । एलन मस्कको कम्पनी टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ ।

यसैबीच, टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।

इलेक्ट्रिक वाहन निर्माण कम्पनीले एक सूचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सबन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।

१९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानुन हो जसमा १०० वा यो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । सोही कानुन अनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित