काठमाडौं, ११ बैशाख । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ ।
दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर ठोक्किएका थिए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस