३ असार २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ११ वैशाख । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उहाँका श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबै जना सवार प्र। ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।