शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने अधिकारी पक्राउ

दैनिक नेपाल २०८१ वैशाख ११ गते ८:२१

काठमाडौं, ११ वैशाख । अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भनेर ब्ल्याकमेल गरी दुःख दिएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित