शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

दैनिक नेपाल २०८१ वैशाख १० गते ११:२१

काठमाडौं, १० वैशाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्रमार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ ।

निर्वाचन आयोगले ९३ सिटमा ७२.९६ प्रतिशत मतदान भएको दाबी गरेको छ । मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला थिए । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।

गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बन्नुभएको थियो । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

प्रतिक्रिया
सम्बन्धित