आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

भारतमा गर्मी : समाचार पढ्दा पढ्दै न्युज एङ्कर भइन् बेहोस

दैनिक नेपाल २०८१ वैशाख १० गते ८:१३

नयाँ दिल्ली, १० वैशाख । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ ।

चर्को गर्मीको बीचमा एक टिभी एङ्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस हुनुभएको छ । समाचार पढदै गर्दा उहाँको रक्तचाप अचानक घट्यो । दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस हुनुभयो । उहाँ बेहोसीमा नै समाचार पढिरहेको सुन्न सकिन्छ।

‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ ।’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भन्नुभएको छ । लोपामुद्रा सिन्हाले भन्नुभयो, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’ कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उहाँको भनाइ छ ।

बिहानको समाचार प्रसारण हुनुअघि लोपामुद्रा सिन्हाले बंगालीमा आफू अस्वस्थ र तिर्खा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कहिल्यै पानीको बोतल साथमा बोक्दिनँ । पन्ध्र मिनेटको प्रसारण होस् वा आधा घण्टाको प्रसारण । २१ वर्षको करियरमा प्रसारण गर्दा पानी पिउनुपर्ने आवश्यकता महसुस नै गरिनँ तर यसपटक समाचार समाप्त हुनु भन्दा १५ मिनेट अघि मलाई अचानक तिर्खा लाग्यो र मेरो अनुहारको सट्टा टिभीमा कुनै दृश्यहरू बजिरहेको थिएन, त्यसैले मैले भुइँ प्रबन्धकलाई संकेत गरें र पानीको बोतल मागेँ ।’

लोपामुद्रा सिन्हाले बाइट बिना सामान्य समाचार मात्रै बजिरहेकोले पानी पिउने मौका नपाएको बताउनुभयो । ‘बुलेटिनको अन्त्यमा एक टेक आयो र मैले पानी पिउने मौकाको सदुपयोग गरेँ । पानी पिएपछि केही बेर बेहोस भएँ । मेरो स्वर अस्पष्ट हुन थाल्यो ।’ उहाँले भन्नुभयो ।

ओडिशा, झारखण्ड र पश्चिम बंगालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो । पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्याधिक थियो ।

शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४।५ डिग्री सेल्सियस र ४४।६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित