शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

कञ्चनरुपमा आगलागीबाट २४ घर जलेर नष्ट

दैनिक नेपाल २०८१ वैशाख १० गते ६:४३

सांकेतिक तस्वीर

सप्तरी, १० वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पडेमराको सरदार टोलमा आइतबार भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ ।

स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट आगलागी सुरु भएको थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा परी आशा सरदारको दई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परवारको २४ वटा घर जलेको छ ।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

वैशाख महिना अत्याधिक हावाहुरीका कारण आगलागीको घटनामा वृद्धि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित