शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

केयूमा अखिल क्रान्तिकारीको तालाबन्दी

दैनिक नेपाल २०८१ वैशाख ९ गते १९:२१

बनेपा, ९ वैशाख । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्समा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) समर्थित विद्यार्थीले तालाबन्दी गरेका छन् ।

अखिल क्रान्तिकारीले प्रशासनलाई विश्वविद्यालयमा भएको अनियमितताका विषयमा बुझाएको मागपत्र र छात्रवृत्ति वितरणमा भएको सिन्डिकेट कायमै रहेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

आफ्ना विभिन्न माग राख्दै अखिल क्रान्तिकारी केयूमा वैशाख २ गतेदेखि नै आन्दोलित रहको थियो । उनीहरुले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित