शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एलन मस्कको भारत भ्रमण स्थगित

दैनिक नेपाल २०८१ वैशाख ८ गते १५:२२

काठमाडौं, ८ वैशाख । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गर्नुभएको छ । मस्कको आइतबार भारत आउने कार्यक्रम थियो ।

भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । अब मस्कले यसै वर्षको अन्त्यमा भारत आउने बताउनुभएको छ ।

मस्कले भन्नुभएको छ, ‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु ।’

गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने तयारीका क्रममा मस्कको यो भ्रमणलाई महत्वपूर्ण हुने ठानिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित