१३ असार २०८३, शनिबार

मेरिल्याण्डको ग्रीनबेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनबेल्टको पार्कमा गोली चलेको छ ।

विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोली चल्दा ५ जना घाइते भएका छन् भने घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोली चल्दाको समय ग्रीनबेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एक जना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको छ ।

घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत बोबर्सले बताउनुभयो ।