बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

इजरायलले गर्‍यो इरानमाथि आक्रमण

दैनिक नेपाल २०८१ वैशाख ७ गते ९:१६

तेहरान, ७ वैशाख । इजरायलले इरानमाथि आक्रामण गरेको छ ।

इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको आवाज सुनिएको थियो ।

‘गहजावोर्स्तान सहर इस्फहान एयरपोर्ट र आर्मी एयर फोर्सको आठौं शिकार आधारको नजिक अवस्थित छ ।’ फार्स समाचारले भन्यो ।

इरानी प्रेस टिभीले पनि मध्य सहर नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ । यो विस्फोटको कारण थाहा हुन सकेको छैन ।

तर, अमेरिकन समाचार माध्यमले भने इजरायलले इरानमाथि हमला गरेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित