बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

अधुरा विकासका कामहरू अब पूरा हुँदै जान्छन् : केपी शर्मा ओली

दैनिक नेपाल २०८१ वैशाख ६ गते २१:३४

झापा, ६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मुलुकलाई सम्वृद्व बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनुभएको छ ।

आज झापाको गौरादहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभएको हो ।

वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने उहाँको भनाइ छ । विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उहाँले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित