बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

तीनजना सहसचिव सचिव पदमा बढुवा

दैनिक नेपाल २०८१ वैशाख ६ गते २०:२०

काठमाडौं, ६ बैशाख । सरकारले तीनजना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त उपमहालेखापरीक्षक पदमा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो ।

उहाँहरुलाई लोक सेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसका आधारमा बढुवा गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

तोयम राय महालेखा परीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित