बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

सत्ता समीकरणमा कुनै समस्या छैन : गृहमन्त्री लामिछाने

दैनिक नेपाल २०८१ वैशाख ६ गते २०:०७

काठमाडौं, ६ बैशाख । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरा गर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको हो ।

प्रदेशमा आफुहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय मिलिसकेको उहाँले बताउनुभयो । सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केही कुरा उठेका बताउँदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित