१४ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त हुनुभएको छ ।

उहाँलाई आज प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सोडारीले आजै मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो ।

उहाँलाई नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले आजै साँझ सात बजे शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।