बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार

दैनिक नेपाल २०८१ वैशाख ६ गते १६:०२

जनकपुरधाम, ६ बैशाख । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री सामेल गर्दै सरकार विस्तार गर्नुभएको हो । माओवादीबाट भरतप्रसाद साह र युवराज भट्टराई मन्त्री बन्नुभएको छ भने एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बन्नुभएको छ । उहाँहरुको आजै शपथ गराउने तयारी भएको छ ।

यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ भने राज्यमन्त्री रहबर अन्सारीलाई समेत फिर्ता बोलाइएको छ ।

मधेस प्रदेशमा जसपाले मुख्यमन्त्रीसहित ४, एमालेले ४, एकीकृत र माओवादी केन्द्रले २/२ मन्त्रालय पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित