बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

लुम्बिनी सरकार विस्तार, को–को बने मन्त्री ?

दैनिक नेपाल २०८१ वैशाख ६ गते १५:३६

काठमाडौं, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक÷एक गरी छ जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

मन्त्री नियुक्त हुनुहुनेमा एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी हुनुहुन्छ । त्यस्तै, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विना विभागीय मन्त्री नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त हुनुभएका तीनजना विनाविभागीय मन्त्रीहरू चेतनारायण आचार्यलाई आर्थिक मामिला.तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । विहीबार विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ ।

नियुक्त भएका विना विभागीयमन्त्रीहरूको शपथग्रहण आज साँझै हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित