मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुदूरपश्चिममा फेरि लफडा, एकीकृत समाजवादीका सोडारीलाई एमालेको अस्वीकार !

दैनिक नेपाल २०८१ वैशाख ५ गते १३:००

धनगढी, ५ बैशाख । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ ।

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भने उहाँ विवादित व्यक्ति भएको भन्दै उहाँको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो।

एमालेले सोडारीविरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उहाँको विकल्प खोज्न अडान लिएको बताइएको छ ।

एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भएपनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएको छ ।

एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दावी गर्ने तयारी गर्नुभएका सोडारी छलफलमा हुनुहुन्छ । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित