मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बिन्दास पाराका सांसदहरू : समयमा सांसदहरू नआएपछि बैठक छाडेर हिँडे मन्त्री श्रेष्ठ

दैनिक नेपाल २०८१ वैशाख ४ गते १२:२०

काठमाडौं, ४ बैशाख । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छोडेर निस्किनुभएको छ ।

निर्धारित समयमा बैठक सुरू नभएपछि मन्त्री श्रेष्ठ झोक्किएर बैठकबाट उठेर हिँड्नुभएको हो । आज सिंहदरबारस्थित समितिको हलमा साढे १० बजे समितिको बैठक बोलाइएकोमा मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमै बैठक कक्षमा पुग्नुभएको थियो ।

मन्त्री श्रेष्ठ पुग्दा त्यहाँ सांसद सुनिता बराल मात्रै हुनुहुन्थ्यो । समिति सभापति नै मन्त्री श्रेष्ठ पुगेको आठ मिनेटपछि मात्रै बैठक कक्षमा पुग्नुभएको थियो । त्यसपछि मन्त्री श्रेष्ठले १०ः४५ सम्म सांसदहरूको प्रतिक्षा गर्नुभएको थियो । तर बैठक सञ्चालनका लागि आवश्यक पर्ने १४ जना सांसद पनि जम्मा नभएपछि मन्त्री श्रेष्ठ झोक्किएर बाहिरिनुभएको हो ।

मन्त्रालयमा आफ्नो अरू पनि काम रहेको र सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै उहाँ बाहिरिनुभएको हो । मन्त्री बाहिरिएपछि समितिको बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित