१६ असार २०८३, मंगलबार

कोशीमा जनस्वास्थ्य ऐन खारेजीको माग

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ४ वैशाख । कोशीमा हालै जारी भएको जनस्वास्थ्य ऐन खारेजीको माग गरिएको छ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले पाँचौँ पूर्ण बैठकमार्फत् जनस्वास्थ्य ऐन खारेज गर्न माग गरेको हो ।

ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै ऐन खारेज गर्न माग गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले बताउनुभयो ।

जनस्वास्थ्य ऐन संशोधनले यसअघि जिल्ला समन्वय समिति प्रमुख सम्बन्धी जिल्ला अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष रहने सहितका प्रावधान खारेज भएका छन् । ऐन सशोधन अध्यादेश जारी भएदेखि नै समन्वय समितिहरुले यो ऐन खारजेको माग गर्दै आएका थिए ।

बैठकले जिससलाई दिने अनुदान रकम बढाइ प्रत्येक जिल्ला समन्वय समितिमा वार्षिक कम्तीमा ५० लाख रुपैँया अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्थाको माग पनि गरेको छ । अनुदान रकम बराबरको बजेट मागका लागि कार्यक्रम समेत बनाएर प्रदेश सरकार समक्ष पेश गर्ने बताइएको छ ।

यस्तै प्रदेशका १४ जिल्लाका जिससहरुका तर्फबाट प्रत्येक जिल्लाबाट ५० हजार रुपैयाँका दरले रकम संकलन गरी प्रदेशको कोष स्थापना गर्ने समेत निर्णय गरेको छ ।

यसैबीच समितिको बैठकले पाथीभरा क्षेत्रमा निर्माण हुने भनिएको केबलकारलाई प्रचलित ऐन, नियम र कानुनको परिधि भित्र रही निर्माण कार्यलाई समर्थन गर्ने निर्णय गर्दैै विकास निर्माणका कार्यलाई अवरोध नगर्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरेको छ ।