सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण

दैनिक नेपाल २०८१ वैशाख ४ गते ५:५३

काठमाडौं, ४ वैशाख । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ ।

सोमबार निरीक्षण भ्रमणको क्रममा मन्त्री उप्रेतीले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।

भ्रमणदलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाह, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी लगायत आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित