
काठमाडौं, २ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गर्नुभएको छ ।
आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेलअविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्नुभएको हो ।
श्रममन्त्री अर्यालले इजरायलकालागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिनुभएको हो ।
राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित हुनुहुन्छ । साथै दूतावासले अत्यावश्यकबाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको जानकारी दिएको छ । इजरायल चार हजार नेपाली हुनुहुन्छ ।








प्रतिक्रिया