२० जेष्ठ २०८३, बुधबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोरद्वारा दावी पेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गर्नुभएको छ ।

उहाँले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

उहाँले कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थनसहित प्रदेश प्रमुख नाजिर मियाँ समक्ष दावी पेश गर्नुभएको हो ।

प्रदेशसभामा बहुमतका लागि २६ सांसदको समर्थन आवश्यक पर्छ ।