३० असार २०८३, मंगलबार

प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन बुझायो, जीबी राई र दिपेश पुनसहित २८ जना प्रतिवादी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणको अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको छ ।

प्रहरीले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । प्रतिवेदनमा जीबी राई, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाएको छ ।

प्रहरीले सहकारी ठगीमा ८६ करोड १८ लाख बिगो दाबी गरेको छ ।

सहकारीका ११ हजार बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।