५ श्रावण २०८३, मंगलबार

कांग्रेसले सदनलाई कुण्ठा पोख्ने थलो बनायो : केपी शर्मा ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाउनु भएको छ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओली कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको टिप्पणी गर्नुभयो । उहाँले सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन आग्रह गर्नुभयो।

जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै अध्यक्ष ओलीले उत्तेजना नभई संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उहाँको भनाइ छ ।