१ श्रावण २०८३, शुक्रबार

सरकार गैरजिम्मेवार भयो : शेरबहादुर देउवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताउनुभएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगी जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद बन्द गरको आरोप लगाउनुभएको हो ।

उहाँले यसबाट सरकार सहकारी पिडितको पक्षमा नरहेको पुष्टि भएको बताउदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताउनुभयो ।

लाखौँ सहकारी पिडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पिडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने उहाँको भनाइ छ ।