२० असार २०८३, शनिबार

सभामुख घिमिरेद्वारा संसद अधिवेशन अन्त्यको घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं, २ बैशाख । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।

आज बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु’ । यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराउनुभएको थियो ।

उहाँले भन्नुभयो,‘संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्ये २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’