शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सिड्नीको मलमा चक्कु हानेर ५ जनाको हत्या

दैनिक नेपाल २०८१ वैशाख १ गते १५:२९

काठमाडौं, १ वैशाख । अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ ।

चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा नौ जनासँग इन्गेजमेन्ट गरेपछि आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ । ‘त्यहाँ पाँच जना पीडित छन् जो यस अपराधिक कार्यको परिणामस्वरूप मरेका छन् ।’ न्यू साउथ वेल्सका प्रहरी सहायक आयुक्त एन्थोनी कुकले पत्रकार सम्मेलनमा भन्नुभएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्न रहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो ।

प्रहरीले आपतकालीन सेवाहरू मलमा सुरु भएको र एक बच्चा सहित आठ जनालाई अस्पताल लगिएको बताएको छ ।

न्यू साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले बताए अनुसार स्थानीय न्यूज डटकम अष्ट्रेलियाको रिपोर्ट अनुसार घटना पछि सयौं मानिसहरूलाई किनमेल केन्द्रबाट बाहिर निकालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित