
रौतहट, १ वैशाख। भारतीय सीमामासँगै जोडिएको रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका-१ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रबार साँझ सोही वडाका ५६ वर्षीय वीरेन्द्रकुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभयो ।
साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गौरसँगै भारतीय बजार बैरगनिया जोडिएको हुँदा त्यहाँ पछिल्लो समय हुण्डी कारोबार बढ्दै गएको स्थानीयहरूले बताएका छन् ।








प्रतिक्रिया