२६ असार २०८३, शुक्रबार

सन् २०५० सम्ममा जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्र रहने : अध्ययन

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, १ वैशाख । जापानले सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने एक नयाँ अध्ययनले देखाएको छ ।

सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन् । यो कुल परिवार संख्याको २०.६ प्रतिशत हुने नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले हरेक पाँच वर्षमा जारी गर्ने प्रक्षेपणमा उल्लेख गरेको छ ।

सन् २०२० मा ७३ लाख ७० हजार वृद्धवृद्धा अर्थात् कुल घरधुरीको १३.२ प्रतिशत मानिस एक्लै बसिरहेका थिए ।

जापानी युवाहरूले विवाहमा ढिलाई गर्ने र यसका कारण बच्चा जन्माउन नसक्ने भएकाले उनीहरूले बच्चा नजन्माउने निर्णय गर्ने चलन बढेकाले यो प्रक्षेपण गरिएको हो ।

जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ ।

अहिले धेरै वृद्धवृद्धा एक्ले बसिरहेको भए पनि भाइबहिनी वा उनीहरूका सन्तानले रेखदेख गरिरहेका छन् तर, अबको ३० वर्षपछि, विवाहित, शोकसन्तप्त वा अलग्गिएका कुनै पनि सन्तान नभएका वृद्ध एकल परिवारका सदस्यहरूको अनुपात बढ्ने अपेक्षा गरिएको छ र त्यस्ता व्यक्तिका भाइबहिनीहरूको संख्या पनि घट्ने अध्ययनले देखाएको छ ।

जापानको कुल जनसंख्या सन् २०२३ मा पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको सरकारी तथ्यांकले देखाएको छ ।

तथ्यांकले देखाएअनुसार विदेशीहरूको आगमनले यो कमीको मात्रालाई हालसम्म परिपूरण गरेको थियो । जापानी जनसंख्या आठ लाख ३७ हजारले घटेर १२ करोड १० लाखमा झरेको छ ।

जापान सरकारले घट्दो जनसंख्या र वृद्ध जनसंख्याको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । एएफपी