२४ जेष्ठ २०८३, आइतबार

अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन सक्दैन : शंकर पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताउनुभएको छ ।

एमाले ललितपुरको नवनिर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले राष्ट्र निर्माणको लागि स्थिर र बलियो राजनीतिक शक्ति आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अहिले पुराना असफल भए नयाँलाई रोज्नु पर्दछ भन्ने गलत भाष्य नेपाली समाजमा खडा गर्ने प्रयत्न भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। चिन्दै नचिनेका, जनताको जीवनसँग नजोडिएका, कुनै त्याग र समर्पण नभएका मानिसहरू रातारात सेलिब्रेटी बनेर गएको निर्वाचनमा निर्वाचित भएका पोखरेलले बताउनुभयो । यो सबै निराशा र कुण्ठाको परिणाम भएको उहाँले स्पष्ट पार्नुभयो ।

नेतृत्व र नेताको विकल्प पुराना र जिम्मेवार पार्टी भित्रै खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो । मुलुकमा नयाँ र पुराना दलको कुरा गरेर राजनीतिक अस्थिरता कायम गर्ने काम मात्र भएको उहाँको धारणा छ ।