
काठमाडौं, ३० चैत । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हटेको छ ।
सरकारले आज निषेधाज्ञा हटाएको हो । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र हटाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।
प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ ।









प्रतिक्रिया