
काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनुभएको छ ।
आज उहाँले संसदबाट विश्वासको मत पाउनुभएको हो । ८७ सदस्यीय प्रदेशसभाबाट नवनियुक्त मुख्यमन्त्री महराले ४८ सांसदको मत पाउनुभएको हो ।
उहाँलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको हो ।
कांग्रेसका २७ र जनमोर्चाका १ सांसददले विपक्षमा मतदान गर्नुभएको थियो भने राप्रपाका ४ र लोसपाका ३ जना सांसद बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।
ख्यमन्त्री महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।












प्रतिक्रिया