
काठमाडौं, ३० चैत । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
नेकपा (एमाले) को विदेश विभाग सचिवसमेत रहनु भएकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहनुभएको थियो ।












प्रतिक्रिया