१३ असार २०८३, शनिबार

सुर्तीजन्य पदार्थलाई आम्दानीको बाटो बनाउन हुन्न : महेश बर्तौला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेटवा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्नहुने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रममा विभिन्न दलका सांसदहरुले धुम्रपान सेवन गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै स्वास्थ्य संकट उत्पन्नहुने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

नेकपा (एमाले) का प्रमुख सचेतक समेत रहनुभएका सांसद महेश बर्तौलाले धुम्रपान तथा सुर्तीजन्य पदार्थलाई आम्दानीको बाटो बनाउन नहुने बताउनुभयो । विद्युतीय चुरोटको सेवन तथा ओसार प्रसार नियन्त्रण गर्न सरकारले यसलाई बहसको विषय बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नभयो, ‘धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन तथा ओसार प्रसारको विषय अब सामाजिक विषय बनाउनु पर्दछ । राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र छलफलको विषय बनाउनुपर्छ । सिंगो देशको साझा संकल्प भएन भने यो विषय प्रभावकारी ढंगबाट कार्यन्वयनमा जाँदैन ।’

सुर्तीजन्य पदार्थ सेवनको विषयमा प्रयाप्त कानून हुँदाहुँदै पनि कानूनी साक्षरताको कमीका कारण कार्यान्वयन हुन नसकेको बर्तौलाको भनाइ छ ।

यस्तै, सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले धुम्रपान तथा विद्युतीय चुरोटको लतमा युवाहरु बढी परेको बताउनुभयो । सहजकर्ताले तपाईँको पार्टीमा पनि थुप्रै युवा नेताहरु हुनुहुन्छ कतिको धुम्रपान सेवन गर्नुहुन्छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘युवाहरुको पार्टी भएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा धुम्रपान सेवन गर्नेको संख्या बढी होला कि भन्ने आशंका हुनसक्छ । त्यो स्वाभाविक हो । तर, त्यति धेरै छैनन । किनकी हामी सबै फरक पृष्ठभूमीबाट आएका छौं । त्यो संख्या कम छ । तर, केही साथीहरु हुनुहुन्छ । तर त्यसलाई अनुशासित तरिकाले अगाडि बढ्ने प्रयास गरेका छौं ।’

धुम्रपान सेवन गरेकै कारण नेपालमा दैनिक औसतमा एकसय दुई जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको उहाँले बताउनुभयो ।