३१ आश्विन २०८३, शनिबार

डेढसय कर्मचारीसँग विदेशको पीआर, संसदीय समितिमा उजुरी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । निजामती सेवाका डेढसय कर्मचारीले विदेशको स्थायी बसोबास (पीआर) लिएको दावीका साथ एकजना सहसचिवले कानूनी कारवाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिनुभएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढसय कर्मचारीको नाम नामेसी खुलासा गर्ने अठोट पनि गरिएको समाचार स्रोतले जानकारी दिएको छ ।

‘परिवार विदेशमा राख्ने, देशको सूचना बाहिर पठाउने, समाजमा अवैध सम्बन्ध स्थापित गर्ने, विदेश तालिम भ्रमणको निहुँमा परिवार भेट्न जाने, लुटेको धन हुण्डिमार्फत विदेशमा थुपार्ने, यहाँ नाम मात्रको सम्पत्ति विवरण बुझाउने जस्ता क्रियाकलाप गर्ने झण्डै डेढसय कर्मचारी छन्’ भन्दै केही उच्चपदस्थ कर्मचारीको नाम पनि उजुरीमा उल्लेख गरिएको छ ।

वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख सहसचिव रामप्रसाद आचार्य, बीरगञ्ज सुख्खा भन्सारका उपसचिव रामप्रसाद मैनाली, अर्थ मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपाने, अर्थ मन्त्रालयकै सहसचिव विन्देश्वर लेखक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव विनोद लामिछानेमाथि कार्बाहीको माग गरिएको छ ।