
घोराही, ३० चैत । अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा लक्ष्मी शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
घोराहीमा भएको नवौं जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा युवा करारा र शोभा खड्का, सचिवमा पशुपति चौधरी, उपसचिवमा रेखा केसी र कोषाध्यक्षमा कमला देउजा निर्वाचित हुनुभयो ।
अनेम संघ दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य तथा अनेमसंघकी केन्द्रीय उपाध्यक्ष मेनका पोख्रेलको प्रमुख आतिथ्यमा भएको अधिवेशन उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथी पोख्रेलले अनेमसंघकै आन्दोलनबाट महिला प्रतिनिधित्वको जग बसेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु सीता सिग्देल न्यौपाने, कोमल वली, साजिदा सिद्धिकी, अनेमसंघ लुम्बिनी प्रदेश अध्यक्ष अछरी पोख्रेल, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, उपाध्यक्ष राममणी पाण्डे, सचिव मनोहर बुढाथोकी, अनेम संघ दाङकी इन्चार्ज तुलसा केसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।









प्रतिक्रिया