
रौतहट, ३० चैत । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गर्नुभएको छ । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गर्नुभएको हो ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गर्नुभएको हो ।
यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षिय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरीले बताउनुभएको छ ।
पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढेको छ ।















प्रतिक्रिया